durgamavi69@gmail.com 9762625051
Shree Durga Secondary School श्री दुर्गा माध्यमिक विद्यालयShree Durga Secondary School Punarbas 4, Janakbasti स्थापना 2029 B.SPunarbas 4, Janakbasti Est. 2029 B.S
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/परिचयAbout

हाम्रो परिचयAbout Our School

श्री दुर्गा माध्यमिक विद्यालयShree Durga Secondary School

About school
हाम्रो कथाOur story

विद्यालयको बारेमाAbout school

विद्यालय सम्बन्धी जानकारीः स्थापना वर्षः २०२९/०५/१७

स्थानः त्रिभूवनबस्ती गा.वि.स. वडा नं. ४ जनकबस्ती, कञ्चनपुर (साविक)
पुनर्वास नगरपालिका वडा नं. ४, जनकबस्ती, कञ्चनपुर (हाल)

  • Establishment Year: 2029/05/17 BS (September 2, 1972 AD)

  • Location:

    • Former: Tribhuvanbasti V.D.C., Ward No. 4, Janakbasti, Kanchanpur

    • Present: Punarwas Municipality, Ward No. 4, Janakbasti, Kanchanpur

    History:

इतिहासः वि.सं.२०२९ भाद्र १७ गते पुनर्वास क्षेत्रमा बसोबास गराइएका विभिन्न गाउँहरुमा विद्यालय खोल्ने लहरसँगै यस गाउँका अग्रज व्यक्तित्वहरुबाट आðना बालबालिकाहरुको सुनौलो भविष्यको सुनिश्चितताको लागि शिक्षाको आवश्यकता महसुस गरी त्यसको प्राप्तिका लागि विद्यालय खोल्नु पर्ने दुरगामी सोचका साथ दुर्गा प्राथमिक विद्यालय नामङ्करण गरी एउटा खुल्ला चौरमा केही बालबालिकाहरु संकलन गरी विद्यालय स्थापना गरिएको थियो । प्रारम्भिक चरणमा विद्यालय स्थापना गर्दा कक्षा १ मा केही बालबालिका संकलन गरी खुल्ला चौरमा कक्षा संचालन गरेता पनि यस क्षेत्रका अगुवा समाजसेवी एवम् बुघिजिवीहरु मध्ये स्वार्गिय विष्णु प्रसाद बास्तोला, कोमल अधिकारी, जंग बहादुर सुनार , ऋषिराम रेग्मी लगाएतका समाजसेवीहरुको अथक प्रयासवाट वि.सं. २०३० सालमा १–३ सम्मको कक्षा संचालन अनुमति प्राप्त गर्न सफल भईयो । विद्यालयलाई समयक्रससँगै थप स्त्तरोन्नति गराउँदै लैजाने सोचका साथ यहाँका समाजसेवी, बुद्धिजिवी एवम् अग्रज ज्यूहरुवाट वि.सं. २०४० सालमा कक्षा १ देखि ५ वि.सं.२०५१ सालमा कक्षा १ – ८ र वि.सं. २०५३ सालमा निम्न माध्यमिक विद्यालयको स्थायी स्वीकृति प्राप्त गर्न सफल भएको देखिन्छ । यसै गरी वि.सं. २०६० सालमा माध्यमिक तहको कक्षा संचालन अनुमति प्राप्त गरी वि.सं.२०६१ सालवाट एस.एल.सी. परीक्षामा संम्मिलित भई आएको देखिन्छ । माध्यमिक विद्यालयको स्वीकृति पश्चात यस विदालयलाई अग्रगति दिन यस क्षेत्रका अभिभावक शिक्षक बुद्धिजिवी एवम् राजनैतिक दलहरुको अथक प्रयासवाट वि.सं. २०६६ सालमा तत्कालिन उच्च माध्यमिक शिक्षा परिषदवाट कक्षा संचालन अनुमति प्राप्त गरी कक्षा ११ र वि.सं.२०६७ सालमा कक्षा १२ संचालन गरी हाल सम्म निरन्त्तर रुपमा कक्षा ११÷१२ शिक्षा मानविकी एवम् बाणिज्य संकायका कक्षाहरु संचालन भई आइरहेका छन् ।

Amidst a wave of establishing schools across various settlements in the Punarwas region, local elders realized the crucial need for education to ensure a bright future for their children. With this visionary mindset, the school was established on Bhadra 17, 2029 BS under the name 'Durga Primary School', initially starting classes for a few children on an open lawn.

Although classes for Grade 1 began in an open field, through the relentless efforts of local social workers and intellectuals of the area—including late Bishnu Prasad Bastola, Komal Adhikari, Jang Bahadur Sunar, and Rishiram Regmi—the school successfully obtained permission to operate classes 1 through 3 in 2030 BS.

With a vision of continuously upgrading the school over time, local social workers, intellectuals, and elders successfully secured approvals for Grade 1 to 5 in 2040 BS, Grade 1 to 8 in 2051 BS, and permanent lower secondary school approval in 2053 BS. Subsequently, in 2060 BS, the school received permission to run secondary-level classes and began participating in the SLC examinations from 2061 BS.

Following secondary school recognition, through the tireless efforts of parents, teachers, intellectuals, and political parties to drive the school forward, permission was obtained from the erstwhile Higher Secondary Education Council (HSEC) to run Grade 11 in 2066 BS and Grade 12 in 2067 BS. Since then, classes for Education, Humanities, and Management streams have been continuously running up to Grades 11 and 12.

परिचय अभिलेखOfficial records

संस्थागत विवरणInstitutional Details

हाम्रो विद्यालयको आधिकारिक दर्ता र पहिचान सम्बन्धी महत्त्वपूर्ण विवरणहरू।Key official registration and identification details of our school.

दर्ता नम्बरRegistration No. 201356757
विद्यालय कोडSchool Code 720200003
मार्गदर्शनWhat guides us

दृष्टिकोण, लक्ष्य र मूल्यVision, Mission & Values

दृष्टिकोणVision

विद्यालय उमेरका सबै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र बालकेन्द्रित रचनात्मक सिकाइ मार्फत उच्चतम सिकाइ उपलब्धि सुनिश्चित गर्न बालमैत्री विद्यालय वातावरण सिर्जना गरी यस विद्यालयलाई उत्कृष्ट थलोका रुपमा विकास गर्नु ।

To provide quality education to all school-age children and ensure the highest level of learning achievement through child-centric creative learning, thereby creating a child-friendly school environment and developing this school into an excellent hub.

लक्ष्यMission

- उत्कृष्ट शैक्षिक अनुभव प्रदान गरी जीवनका विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्न मद्दत पुर्याउनु

- समाजमा सकारात्मक योगदान पुर्याउने नागरिक तयार पार्नु

- समाजका लागि उत्तरदायित्वपूर्ण र परोपकारी नागरिक बन्ने शिक्षा प्रदान गर्नु ।

  • To provide an excellent educational experience and help students achieve success in various fields of life.

  • To produce citizens who make positive contributions to society.

  • To impart education that fosters responsible and altruistic citizens for the community.

मूल्यValues

- विद्यालय वातावरणलाई पारिवारिक, सुरक्षित एवम् बालमैत्री बनाउने

- औसत सिकाइ उपलब्धि वृद्धि गर्ने

- विद्यार्थी केन्द्रित सिकाइ वातावरण सिर्जना गर्ने

- विद्यालयका शैक्षणिक क्रियाकलापहरुमा अभिभावकहरुको संलग्नता बढाउने

- विद्यार्थिलाई शैक्षिक, सामाजिक र व्यक्तिगत दृष्टिकोणले सशक्त बनाउने ।

  • To make the school environment familial, safe, and child-friendly.

  • To increase average learning achievements.

  • To create a student-centered learning environment.

  • To increase parental involvement in the academic activities of the school.

  • To empower students from academic, social, and personal perspectives.

इतिहासOur history

विद्यालयको इतिहासSchool History

इतिहास विवरण थपिएको छैन।History entries coming soon.

Mr. Birendra Singh Karki
प्रधानाध्यापकको सन्देशPrincipal's message

श्री वीरेन्द्र सिंह कार्कीMr. Birendra Singh Karki

वि.सं. २०२९ भाद्र १७ गते पुनर्वास क्षेत्रमा बसोबास गराइएका विभिन्न गाउँहरुमा विद्यालय खोल्ने लहरसँगै यस गाउँका अग्रज व्यक्तित्वहरुबाट आðना बालबालिकाहरुको सुनौलो भविष्यको सुनिश्चितताको लागि शिक्षाको आव…Amidst a wave of establishing schools across various settlements in the Punarwas region on Bhadra 17, 2029 BS, local elders realized the crucial need for education to secure a bright future for their…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
Mr. Basudev Ghimire
अध्यक्षको सन्देशChairman's message

श्री बासुदेब घिमिरेMr. Basudev Ghimire

वि.सं.२०२९ भाद्र १७ गते पुनर्वास क्षेत्रमा बसोबास गराइएका विभिन्न गाउँहरुमा विद्यालय खोल्ने लहरसँगै यस गाउँका अग्रज व्यक्तित्वहरुबाट आðना बालबालिकाहरुको सुनौलो भविष्यको सुनिश्चितताको लागि शिक्षाको आवश…Amidst a wave of establishing schools across various settlements in the Punarwas region on Bhadra 17, 2029 BS, local elders realized the crucial need for education to secure a bright future for their…

पूरा सन्देश पढ्नुहोस् →Read full message →